धर्म/संस्कृतिराशिफलसमाजहट् निउज्

पाठकको पुर्पुरो : वि.सं. २०७६ माघ ९ गते, बिहीबार

पुर्पुरोमा जे लेखिए पनि कर्तव्य र जिम्मेवारी बोधका साथ कर्म गर्न नछाडौं ।

मेषअरु व्यक्तिको समस्यामा सहयोगीको भूमिका निर्वाह गर्न पाइनेछ । आर्थिक पक्षमा अघिल्ला दिनमा भन्दा सुधार हुनेछ । आध्यात्मिक कार्यमा रुचि बढ्नेछ । विपक्षीहरु पनि मेलमिलापमा आउँदा कार्य गर्न सहज हुनेछ ।
बृषबोलिकै करण मान्यजनसँग विवाद हुनेछ । अनावश्यक स्थानमा लगानि गरिनेछ । चिन्ताको खबर सुन्नु पर्ला । गोपनियता बाहिरीँदा बन्नै आँटेको कार्य पनि विग्रनेछ । झन्झटिला कार्य मात्र आइ लाग्नेछन् ।
मिथुनकाम गरेर देखाउने समय रहेको छ । मन प्रफुल्लित रहनेछ । स्वास्थ्य ठिकठाक नै रहने देखिन्छ । मनमिल्ने व्यक्तिसँगको जमघटले मन फुरुंग बन्नेछ । तपाईँको कार्य गर्ने शैलीले गर्दा जिम्मेवारी थपिनेछ ।
कर्कटज्यादा श्रम गर्नुपरेता पनि त्यसको सकारात्मक प्रतिफल मिल्दा हौसला थपिनेछ । जिम्मेवारी बढ्नेछ । मिहिनेती प्रवृत्तिको विकास हुनेछ । व्यवसायबाट सोचे अनुरुप लाभ मिल्नेछ । स्वास्थ्यमा भने ख्याल पु¥याउनुहोला ।
सिंहपारिवारिक सहयोगले कार्य बन्नेछन् । चातु¥याईँपनले गर्दा विग्रनै आँटेका कार्यलाई समेत सम्पन्न गर्न सकिनेछ । शत्रू पक्ष कमजोर बन्दा काम कार्य गर्न सहज हुनेछ । सामाजिक कार्यमा तन–मन रहनेछ ।
कन्याकष्टको सामना गर्नुपर्ला । परिश्रम धेरै गर्नु परेता पनि न्यून उपलब्धिमा नै चित्त बुझाउनु पर्नेछ । शारीरिक कमजोरीले गर्दा दैनिक कार्यमा समेत विघ्नबाधा आउनेछ । सामाजिक कार्यबाट जस मिल्ने देखिदैन ।
तुलासाझेदारी कार्यको सुरुवाती हुनेछ । हर्षको खबर मिल्नेछ । मानसिक क्षमताको बृद्धि विकास हुनेछ । सहोदरका व्यक्तिको साथ सहयोगले कार्य बन्नेछन् । नयाँ लगानिले भविष्यसम्म लाभ उठाउन सकिनेछ ।
वृश्चिकसृजनात्मक कार्यको बृद्धि विकास हुनेछ । खानपानमा वेवास्ता गर्दा स्वास्थ्य कमजोर बन्न सक्छ, सजक रहनु होला । मांगलिक कार्यको निम्तो पाइनेछ । समग्रमा दिन मिश्रीत फलदायी रहने देखिन्छ ।
धनुव्यवस्थापन पक्ष सबल रहनेछ । समस्याको पहिचान गर्न सक्दा नयाँ योजनाहरु रचिने छन् । अग्रजको सहयोग मिल्नाले कार्य गर्न सहज हुनेछ । बोलिको कदर हुनेछ । घरायसी समस्या हल भएर जानेछ ।
मकरपारिवारिक समस्याले सताउनेछ । वैचारिक मेतभेदका कारण विवादमा परिनेछ । व्यर्थको कार्यमा समय विताउँदा महत्वपूर्ण कार्यमा पछि परिनेछ । टाढाको यात्रा कष्टकर रहने देखिन्छ, सतर्क रहनु होला ।
कुम्भवहान सुख मिल्नेछ । बौद्धिक क्षमताको प्रशंसा हुनेछ । आकस्मिक धनलाभको योग बनेको छ । सोचेका कार्य एकाएक पूरा हुँदा खुसीयाली छाउनेछ । आश मारेको धन हात पर्नेछ । मयाप्रेमको बन्धन कसिलो रहला ।
मीनउच्चस्तरीय व्यक्तिसँग सम्बन्ध स्थापित रहनेछ । समर्थकहरु थपिने छन् । रमाइलो माहोल बन्नेछ । सामान्य रेखदेखमा नै कार्य सम्पन्न हुनेछन् । श्रममार्गबाट उचित लाभांस मिल्दा काम गर्ने हौसला थपिनेछ ।

Comment here