धर्म/संस्कृतिराशिफलसमाजहट् निउज्

पाठकको पुर्पुरो : वि.सं. २०७६ माघ १० गते, शुक्रबार

पुर्पुरोमा जे लेखिए पनि आफ्नो कर्तव्य र जिम्मेवारीबोधका साथ कर्म गरौं ।

मेषनयाँ व्यक्तिसँग मित्रता गाँसिनेछ । व्यवसायबाट राम्रै आम्दानी होला । सृजनशिलता र क्रियाशिलताको बृद्धि विकास हुनेछ । महत्वपूर्ण कार्यको थालनिले उत्साह उमंग छाउनेछ । कामको जिम्मेवारी बढ्नेछ ।
बृषसमय सुधारोन्मुख रहनेछ । टाढिएका आफन्तजनसँगको सम्बन्धमा सुधार हुनेछ । वैदेशिक क्षेत्रका अपूरा कार्यले स्थान पाउनेछन् । धार्मिक कृत्यमा सहभागी हुने मौका मिल्नेछ । शुभ खबर मिल्नेछ ।
मिथुनअष्टम भावमा स्थित चन्द्रमा ग्रहका प्रभावले गर्दा गरेका निर्णय त्यत्ति प्रभावशाली रहने छैनन् । आर्थिक लेनदेनमा विवाद बढ्नेछ । शारीरिक कमजोरीको महशुस हुनेछ । असन्तोषी प्रवृत्तिले सताउनेछ ।
कर्कटमनमिल्ने व्यक्तिसँगको जम्काभेटले खुसी भइनेछ । व्यक्तित्व विकासको समय रहेको छ । आर्थिक लगानिले पछिसम्म लाभ लिन सकिनेछ । काम गरेर अरु व्यक्तिलाई मोहित पार्न सकिनेछ । खुसीयाली छाउनेछ ।
सिंहसामान्य समस्या आइपरेता पनि दृढ भएर लाग्दा जीत हाँसिल गरिनेछ । नयाँ सम्झौताको संभावना देखिन्छ । व्यवसायबाट राम्रो आम्दानी हुँदा हर्षित भइनेछ । विपक्षीसँग मेलमिलपले गर्दा काम कार्य गर्न सहज हुनेछ ।
कन्याबन्धुवान्धवसँगको भेटले मन प्रफुल्लित रहनेछ । अध्ययनमा चासो रहनेछ । स्वास्थ्यमा सुधारको संकेत देखिन्छ । नयाँ ठाउँको भ्रमणले नयाँ ज्ञान मिल्नेछ । प्रतिष्पर्धात्मक क्रियाकलापमा विजयी भइनेछ ।
तुलापारिवारिक समस्याले सताउनेछ । व्यवस्थापन पक्ष फितलो बन्नेछ । एक्कासी वाधा व्यवधान आउन सक्छ, संयम रहेर कार्य गर्नुहोला । टाढाको यात्रा त्यत्ति शुभ देखिन्न । मान्यजनको साथ लिएर कार्य गर्नुहोला ।
वृश्चिकलक्ष्यमा पुग्न सामान्य मिहिनेत नै पर्याप्त हुनेछ । समझदारीताले गर्दा अप्ठ्यारा परिस्थितिको अन्त्य हुनेछ । पुराना साथीभाईसँगको रमाइलो जमघट हुनेछ । साझेदारी कार्यको सुरुवाति हुनेछ ।
धनुदोधारे मनले कार्य गर्न असहज हुन सक्छ, कुटुम्बको साथ सहयोगले अघि बढ्दा सफल भइनेछ । अचल सम्पत्तिमा गरेको लगानिले दिगो रुपमा फाइदा लिन सकिनेछ । बोलिकै भरमा ठूला–ठूला कार्य बन्नेछन् ।
मकरअधुरा कार्यलाई पूर्ण गर्दै नयाँ कार्यको थालनि गर्ने समय रहेको छ । ठूला व्यक्तिसँग सम्बन्ध गाँसिनेछ । व्यवसाय फस्टाउनेछ । मनमा शन्तिको अनुभूति हुनेछ । सकारात्मक सोच विचारको उदय हुने समय छ ।
कुम्भझन्झटिला कार्यको नेतृत्व गर्नु पर्नेछ । दैनिक गर्दै आएका कार्यमा समेत एक्कासी अबरोध सृजना हुनेछ । अनावश्यक स्थानमा समय र धन खर्चनु पर्दा दिक्क लाग्नेछ । विश्वास गरेका व्यक्तिले साथ छाड्ने छन् ।
मीनआय भावमा चन्द्रमा ग्रहले भ्रमण गर्दैछ, जस्का प्रभावले विविध लाभको योग बनेको छ । आकस्मिक धन लाभ हुनेछ । सानो लगानिले नै धेरै लाभ लिन सकिनेछ । अरु दिनको तुलनामा पढाइमा मन रहनेछ ।

Comment here